आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

महाधिवेशनबारे छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार २२:५३ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

बुधबार दिउँसो ३ बजे बुढानिलकण्ठमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल गरिने बताइएको छ।

गठबन्धनका दलहरूले मन्त्रीको नाम नदिँदा सरकार विस्तारको काम रोकिएको छ । तर मंगलबार गठबन्धनको बैठकले मन्त्रिमण्डल विस्तारको काम अघि बढाउने सहमति गरिसकेको छ ।

पदाधिकारी बैठकमा यो र कांग्रेस महाधिवेशनका विषयमा छलफल गरिने बताइएको छ ।