आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

ओली सरकारले गरेका नियुक्ती धमाधम हटाउँदै देउवा,अमेरिका चीन र बेलायतका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १८:४५ मा प्रकाशित (२ साल अघि) १३८ पाठक संख्या

काठमाडौं । सरकारले अमेरिका, चीन र बेलायतका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

यसअघि केपी ओली नेतृत्वको सरकारले अमेरिकाका लागि डा. युवराज खतिवडा, चीनका लागि महेन्द्र बहादुर पाण्डे तथा बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूतमा नियुक्त गरेको थियो ।

खतिवडा पूर्वअर्थमन्त्री र पाण्डे पूर्वपरराष्ट्रमन्त्री हुन् । त्यस्तै रेग्मी पूर्वमुख्यसचिव हुन् ।