आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

टिकटक बनाउँदा सेतीमा खसेकी यूवतीको शव भेटियो

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १८:३२ मा प्रकाशित (२ साल अघि) १६३ पाठक संख्या

काठमाडौं । टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी तनहुँकी एक किशोरीको शव भेटिएको छ ।

२९ भदौमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर बेपत्ता भएकी शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्सालको शव मंगलबार भेटिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

लम्सालको शव एक हप्तापछि भिमाद नगरपालिका ७, सिस्नेरी घाटमा भेटिएको हो । उनी शुक्लागण्डकी नगरपालिका ८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा सेतीमा खसेकी थिइन् ।