आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक,मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल हुने

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १८:२० मा प्रकाशित (२ साल अघि) १०१ पाठक संख्या

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने छ ।

बैठकमा मन्त्रिपरिषद्‌लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

यसअघि आजै दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। सो छलफलपछि गठबन्धनको बैठक बोलाइएको हो ।

पछिल्लो समय मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकार दबाबमा छ। सत्ता गठबन्धनका दलहरूले मन्त्रालय र मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।