आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कुलमान नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १५:५३ मा प्रकाशित (२ साल अघि) ९५ पाठक संख्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । तर रिट निवेदक हितेन्द्रदेव शाक्यको माग अनुसार घिसिङलाई कायकारी निर्देशकका रुपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश दिएन ।