आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कांग्रेस गोकर्णेश्वर-९ को इकाई समितिमा सर्वसम्मत चयन,सभापतिमा राजिव थापा

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १५:२० मा प्रकाशित (२ साल अघि) २५३ पाठक संख्या

काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका वार्ड नं ९ को इकाइ सभापति लागायतका सम्पुर्ण पदमा सर्वसम्मत चयन भएको छ ।  वडा इकाई सभापति बुद्धिमान तामाङको सभापतित्व तथा क्षेत्र नं. ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले  वडा नंं ९ को इकाइ सभापतिमा राजिव थापासहित सबै पदाधिकारी सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिवेशनबाट उपसभापति निर्मल खतिवडा र विष्णु केसी, सचिव केशव अधिकारी र श्रीकृष्ण कारञ्जीत, उपसचिव उमेश चालिसे, कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सुजीत सिं ठकुरी र मनोनित कोषाध्यक्ष रोहित देवकोटा चयन भएका हुन ।

प्रमुख अतिथि तथा क्षेत्रीय सभापति चालिसेले क्षेत्र नं. ३ मा गोकर्णेश्वर नगरपालिकाको वडा नंं ९ विगतदेखि नै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै आएको बताउँदै यसबाट देशका अन्य क्षेत्रमा पनि सकारात्मक सन्देश जाने बताए ।उनले वडा ९ मा भएको सर्वसम्मत रुपमा नेतृत्व चयनले नगरपालिका र क्षेत्रका अन्य वडाहरुमा पनि सकारात्मक प्रभाव पार्ने बताए ।

त्यसै गरी महाधिवेशन प्रतिनिधि दीपक रिसाललले नेपाली कांग्रेसले आफ्नै साथीहरुसंग नभै विपक्षीसंग प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै सर्वसम्मत नेतृत्व चयन भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा पूर्व इकाई सभापति बुद्धिमान तामांगले आफूले जहिले पनि पार्टीको हितमा काम गरेको जनाउँदै सर्वसम्मत नेतृत्वकै लागि आफूले पहल गरेको बताए ।

इकाई सचिव तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष राजीव थापाले संचालन गरेको कार्यक्रममा इकाई उपभापति राजेश थापाले स्वागत मन्तव्य दिएका थिए ।

क्रियाशील सदस्यताको विवाद नमिल्दा काठमाडौंमा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरु छन् ।

कांग्रेसले गाउँ,नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।