आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काङ्ग्रेस गोकर्णेश्वर-२ इकाई सभापतिमा दिपेन्द्र कुमार लामा चयन

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १५:०५ मा प्रकाशित (२ साल अघि) २२६ पाठक संख्या

नयाँपाटी । नेपाली काङ्ग्रेस गोकर्णश्वर नगरपालिका वडा २ को इकाई सभापतिमा दीपेन्द्र लामा चयन भएका छन् । आज भएको वडा अधिवेशनबाट इकाई कार्य समिति र बुथ प्रतिनिधि सहमतिमा चयन भएको हो ।

सहमतिमै कार्य समिति चयन भएको नगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए ।आधिकारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ ।

तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गत शुक्रबार गरेको थियो ।

कांग्रेसले गाउँ,नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन,एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।