आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

हिन्दुवादी समूह भारतीय अखण्ड परिषद्का प्रमुखले गरे आश्रममै आत्महत्या

गोकर्णेश्वर खबर५ आश्विन २०७८, मंगलवार १०:४४ मा प्रकाशित (२ साल अघि) १५४ पाठक संख्या

काठमाडौं । भारतमा हिन्दुवादी समूह अखिल भारतीय अखण्ड परिषद्का प्रमुख नरेन्द्र गिरीले आत्महत्या गरेका छन् । गिरीले उत्तर प्रदेशको प्रयागराज सहरस्थित आफ्नै आश्रममा सोमबार राती आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनले नेतृत्व गरेको अखण्ड परिषद् भारतीय साधुहरुको सबैभन्दा ठूलो धार्मिक संगठन हो । आत्महत्या गर्नुअघि उनको आश्रमबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । ‘हामीले सुसाईड नोट जाँच गरिरहेका छौं । उनी दुःखित बनेको नोटमा उल्लेख छ’, प्रयागराजका प्रहरी अधिकारी केपी सिंहले भनेका छन् ।
नरेन्द्रको आत्महत्यालाई लिएर उनका शिष्य आनन्द गिरी पक्राउ परेका छन् ।

उनको मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, समाजवादी पार्टी प्रमुख अखिलेश यादवसहित अन्य राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गरेका छन् ।