आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

उपेन्द्र यादव भन्छन्- ‘अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ’

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार १८:२२ मा प्रकाशित (२ साल अघि) १११ पाठक संख्या

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने उनले बताए ।

सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘‘यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ । र अब हामी यसलाई चाडै गर्छौं ।’

सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटको काम पनि बाँकी रहेको अध्यक्ष यादवले बताए ।