आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि स्थानीयले प्रहार गरे मुक्का

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार १७:३२ मा प्रकाशित (२ साल अघि) ११४ पाठक संख्या

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।

पहिरो अवलोकनका लागि गएका सुवेदीलाई स्थानीय एक युवकले मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।

प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि ध्यान नदिएको भन्दै आक्रोशित युवा गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् ।

प्रभावित क्षेत्रको अवलोकन गरिरहेका मेयरलाई पंगेनीले मुक्का प्रहार गरेपछि सुरक्षाकर्मीले बचाएका थिए ।