आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाण्डौ क्षेत्र नं ३ को क्षेत्रीय प्रतिनिधिमा प्रतिश्पर्धा गर्ने हरिबोल बिष्टको घोषणा

गोकर्णेश्वर खबर४ आश्विन २०७८, सोमबार १०:५४ मा प्रकाशित (२ साल अघि) २३८ पाठक संख्या

असोज ४, काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं. ३ मा क्षेत्रीय प्रतिनिधिमा हरिबोल बिष्टले उम्मेदवारी दिने भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ३ बाट क्षेत्रीय प्रतिनिधिमा युवा समाजसेवी हरिबोल बिष्टले प्रतिश्पर्धा गर्ने घोषणा गर्दै तयारी गरिरहेको बताएका छन् ।
भोली असोज ५ गते वडा अधिवेशन हुदैछ ।

नेपाली कांग्रेस पार्टीप्रति युवाको आकर्षण बढीरहेको बर्तमान समयमा पार्टीको जिम्बेवारी बहन गर्न आफू सँधैं तयार रहेको बताउँदै बिष्टले क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिने बताए । युवा नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न सक्ने भन्दै विष्टले युवालाई देश र जनताको हितमा काम गर्न राजनीतिमा आउन समेत आग्रह गरेका छन् ।

उनले आफू सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भएकोले आफ्नो कामको मूल्यांकन गरी सबैले क्षेत्रीय प्रतिनिधिमा विजय गराउने विश्वास समेत व्यक्त गरे ।