आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कांग्रेस काठमाडौं-३ को क्षेत्रीय प्रतिनिधिमा युवा नेता विकेश श्रेष्ठको उम्मेदवारी घोषणा

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार २३:३० मा प्रकाशित (२ साल अघि) २०१ पाठक संख्या

काठमाडौँ नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनले कांग्रेस कार्यकर्तालाई भ्याई नभ्याइमा छन् । कांग्रेस महाधिवेशनलाई नेता कार्यकर्ताले पर्वकै रुपमा लिने गरेका छन् । पूरानो लोकतान्त्रिक पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि वडा अधिवेशनलाई तिव्रता दिएको छ । लामो समय क्रियासिल सदस्यता वितरण विवादलाई सल्ट्याउँदै कांग्रेस महाधिवेशनमा जुटेको छ ।

भाद्र १८ वाट देशैभर एकैपटक वडाधिवेशन गर्ने निर्णय लिएको कांग्रेसले क्रियासिल सदस्यता विवाद लगायतका कारण काठमाडौंसहितका केही जिल्लामा वडाअधिवेशन गर्न सकेको थिएन । कांग्रेसले वडाअधिवेशन हुन नसकेका काठमाडौंसहितका जिल्लाहरुमा असोज ५ गते वडाधिवेशन गर्ने तय गरेको छ । असोज ९ देखि गाउँ नगर,क्षेत्र, प्रदेश जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । संघीय राजधानी काठमाडौंमा वडा तहदेखिनै अधिवेशनलाई चासोका साथ हेरिएको छ । काठमाण्डौ ३ मा कांग्रेस उम्मेदवारका आकाक्षीहरु धेरै देखा परेका छन् । विशेष गरी काठमाडौं ३ क्षेत्रीय प्रतिनिधिमा व्यापक प्रतिस्पर्धाको संकेत देखिएको छ। वडा अधिवेसन आउन दुई दिन बाकि हुँदा अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विभिन्न माध्यमबाट उम्मेदवारको दावी प्रस्तुत गरिरहेका छन।व डा भन्दा माथिल्लो कमिटीमा जानका लागि प्रतिनिधि बन्नुपर्ने भएकोले काठमाण्डौ क्षेत्र नं ३ का पुराना नेता देखि भर्खरै क्रियाशील सदस्यता प्राप्त गरेकाहरु समेत जोडतोडले प्रचार गर्दै भोट माग्न व्यस्त रहेका छन् । नेपाली कांग्रेसका युवा नेता विकेश श्रेष्ठले पनि गोकर्णेश्वर नगरपालिका वडा नं ४ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारीका साथ उम्मेदवारी घोषणा गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा न ४ किसिगाल निवासी श्रेष्ठले आसन्न अधिवेसनमा नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ४ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेका हुन।२०७२ शालको भूकम्प र लगायत बिभिन्न बिपत समयमा विभिन्न अभियानहरु संचालन गरेर अफ्ट्यारोमा परेकाहरुलाई सहयोग गरेका श्रेष्ठ नेपाल तरुण दल साबिक वडा नं ११ का इकाई सभापति भएर काम गरि अनुभब हासिल गरेका छन् । युवा जागरण क्लबका अध्यक्ष भएर बिभिन्न सामाजिक कार्य गर्दै आएका श्रेष्ठले खेलकुदको विकास, संस्कृति सम्बर्धन लगायत युवाहरुको पक्षमा काम गर्दै आएका छन् ।

यूवा नेता श्रेष्ठले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताए ।

कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।लामो समय देखि समाजसेवा र परोपकारी कार्यमा सक्रिय रहेका श्रेष्ठले पार्टीलाई विधि पद्धतिमा चलाउन सबैलाई मिलाएर अगाडी बढ्ने स्पष्ट दृष्टिकोणका साथ आफू प्रतिश्पर्धामा रहेको बताए ।