आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

चिनारी बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार १५:०८ मा प्रकाशित (२ साल अघि) २०९ पाठक संख्या

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार गोकर्णेश्वर ब्यांकेटमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कंडेल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लिमिटेडका अध्यक्ष बाबुराम अधिकारी बागमती प्रदेश बचत संघ लिमिटेडका लेखा समिति संयोजक केशब प्रसाद दंगाल बागमती प्रदेश बचत संघ लिमिटेडका सचिब गोबिन्द काफ्ले सहयोगी बहुमुखी महाबिध्यालयका उपाध्यक्ष राजेन्द्र कुमार पण्डित, लगायत बिभिन्न सहकारीका प्रतिनिधि सहित कर्मचारी तथा शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता चिनारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, न्हुच्छे नारायण श्रेष्ठ (मिलन)ले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिब शिवहरि श्रेष्ठले गरेका थिए ।प्रमुख अतिथिराष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कंडेलले पानसमा दिप प्रज्वलन संगै एफ डब्लु रैफिन्सन र बखान सिंघको तस्बिरमा पुष्प गुच्छा अर्पण गरि उद्घाटन गरेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष शुभ लक्ष्मी श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन ।कार्यक्रममा संस्थाका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठ (मिलन)ले कार्यक्रमको उदेश्य सहित बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कार्यक्रममा संस्थाका सचिब शिवहरी श्रेष्ठले कार्य प्रगती प्रतिबेदन र कोषाध्यक्ष श्यामकाजि श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए त्यसै गरि लेखा संयोजक ज्ञानलाल श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कंडेलले आयोजकलाइ धन्यबाद दिदै संस्थाको उत्तरोतर प्रगतिको कामना गरेका थिए उनले संबिधानले नै आर्थिक बिकासको तीन खम्बे नीति मध्ये एक खम्बा सहकारी क्षेत्र भएकाले पनि सामाजिक र आर्थिक रुपान्तरण सहकारी मार्फत गर्न सकिने जानकारी गराएका थिए । सहकारीका अन्तर्राष्ट्रिय दर्शन सिद्धान्तमूल्यहरुलाई आत्मसात गर्दै छरिएर रहेका श्रम पुजी शिप र क्षमतालाई एकीकृत गर्दै सहकारीको माध्यम बाट आफ्ना सदस्य समुदाय र सिंगो मुलुकको आर्थिक सामाजिक रुपान्तरण सकिने बताएका थिए ।

कार्यक्रमलाइ बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताएका थिए। गापालिकाले सहकारी संग मिलेर उत्पादन क्षेत्रमा अगाडी बढ्ने धेरै कार्यक्रमहरु समाबेश गरिएको जानकारी गराए। महिलाहरुलाई उद्यमशील बनाउने लक्ष्यसहित १० जना भन्दा माथिका महिला समुहले कुनै पनि व्यवसाय संचालन गर्न सहकारी संस्थाबाट ऋण लिएका छन् भने त्यो सहकारी संस्थामा लाग्ने ब्याज नगरपालिकाले तिर्दिने व्यवस्था गरेको समेत जानकारी गराएका थिए ।उनले नगर भित्र रहेका करिब ३ सय वटा सहकारी संस्थाले नगरपालिका संग समन्वय गरेर उत्पादन क्षेत्रमा लगानी गर्नु पर्नेमा समेत जोड दिएका थिए ।कार्यक्रममा बागमती प्रदेश बचत संघ लिमिटेडका सचिब गोबिन्द काफ्ले सहयोगी बहुमुखी महाबिध्यालयका उपाध्यक्ष राजेन्द्र कुमार पण्डित लगायतले शूभकामना मन्तब्य राखेका थिए ।