आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ४ इकाई सभापतिमा जयराम महतको दावी

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार १४:२४ मा प्रकाशित (२ साल अघि) २४७ पाठक संख्या

३ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को नेपाली कांग्रेसको सभापतिमा जयराम महतले दावी गरेका छन् । उनले ‘अग्रजलाई सम्मान र युवालाई अवसर’, भन्ने नारा बोकेर पार्टीलाई चलायमान, एकताबद्ध र बलियो बनाउन आफू इकाई सभापतिका लागि प्रतिश्पर्धामा अगाडी बढेको बताए ।

महतले पार्टीलाई विधि विधान र पद्धती अनुसार चलाउदैं पार्टीका हरेक निर्णय र विचार जनतासम्म पु¥याउन पार्टीका सबै पक्षसँग सहकार्य एकता गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । २०४६ साल देखि राजनीतिमा सक्रिय महत गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को वडा सदस्य रहेका छन् भनें नेपाली कांग्रेस गोकर्णेश्वर ४ नं. इकाई समिति सदस्य समेत हुन् ।

उनले इकाई सभापतिको रुपमा स्थानीय चुनावमा पार्टीको जीत सुनिश्चित गर्दै प्रदेश र संघको चुनावमा पनि बढी भन्दा बढी मत खस्ने गरी अहोरात्र जनताको सेवाका काम गर्ने बताए । उनले विकास निर्माणका कामलाई तिव्रता दिने, वडामा भएका समस्या सम्वन्धित निकायमा पु¥याउन पहल गर्ने, वडाको विकासमा सक्दो सहयोग गर्दै वडावासीको सेवा गर्ने समेत बताए ।

आफूले भुकम्प पिडितको पक्षमा कार्य गरेको बताउँदै महतले वडावासीलाई सक्दो सहयोग गर्दै आएको बताए । कोरोनाको जटिल समयमा अग्रपंक्तिमा रहेर खटिएको स्मरण गर्दै राहतका कार्यहरु गरेको, प्रत्येक नागरिकलाई खोप लगाउन अहोरात्र खटिएको सबैले देखेको भन्दै इकाई सभापतिमा जिताउन सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक विकास तथा जनताको सेवा गरेको, पार्टीका हरेक जिम्बेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएकोले आफ्नो कार्यको मुल्यांकन गरी क्रियाशिल साथीहरुले विश्वासका साथ सभापतिमा जिताउने बताए । उनले अहिलेसम्म नेपाली कांग्रेसलाई जिताउन चुनावमा खेलेको भुमिकाको कदर गर्दै पार्टी पंक्तिका सबै पक्षबाट सहयोग पाउने समेत बताए ।

स्थानीय जनता र पार्टीका अग्रज, क्रियाशिल, शुभचिन्तक सबैले माया गरी वडा सदस्यमा जिताएकोमा गर्व गर्दै महतले इकाई सभापतिमा पनि सबैको सहयोगले विजयी हुने विश्वास व्यक्त गरे । उनले सबैलाई आग्रह गर्दै भनें – ‘मेरो कार्यको मूल्यांकन गरी एक पटकको लागी इकाई सभापतिमा विजय गराईदिनु होला ।’