आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

टुँडिखेलमा विशेष समारोहकाबीच संविधान दिवस मनाइयो (तस्बिरमा हर्नुहोस्)

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार १४:१८ मा प्रकाशित (२ साल अघि) ११५ पाठक संख्या

काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ ।

सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।