आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बुद्धिष्ट तामाङ सुधार समितिको रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर३ आश्विन २०७८, आईतवार ०६:३३ मा प्रकाशित (२ साल अघि) १३२ पाठक संख्या

२ असोज, काठमाडौं । नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहकार्यमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार माकलबारी सानोपुलमा भएको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन भएको छ । नेपालमा अहिले रगतको अभाव भईरहेकोले रक्तदान गरी धेरै जीवन बचाउने अभियान स्वरुप कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष रुप तामाङले बताए ।

रक्तदान कार्यक्रमका सहयोगी संघसंस्था, व्यक्तित्व तथा रक्तदातालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. ८ का अध्यक्ष अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं. ९ का अध्यक्ष राजिव थापा, लायन्स क्लब इन्टरनेसनलका जी ए टि एरिया लिडर  लायन खगेन्द्र सिटौला,  डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, माकलबारी टोल सुधार समितीका  अध्यक्ष पेमा छिरी शेर्पा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रम माकलबारी टोल सुधार समिति, प्रगती महिला समुह, ओसिस पार्टी प्यालेस, जय मल्टिपल क्याम्पस लगायत अन्य विभिन्न टोल सुधार समिति, महिला समुह लगायत २० संघसंस्थाको सहयोगमा भएको थियो ।