आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोनपा ५ मा खुला क्षेत्रीय प्रतिनिधिमा कर्ण बहादुर लामाले उम्मेदवारी दिने

गोकर्णेश्वर खबर२ आश्विन २०७८, शनिबार ०९:१४ मा प्रकाशित (२ साल अघि) ३८८ पाठक संख्या

२ असोज, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा खुला क्षेत्रीय प्रतिनिधिका लागि कर्ण बहादुर लामाले उम्मेदवारी दिने दावी गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ५ का तरुण दलका अध्यक्ष समेत रहेका लामाले वडा नं. ५ मा खुल्ला तर्फबाट क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दिने भएका हुन् ।

अब नेपाली कांग्रेसमा युवा नेतृत्व आउनु पर्ने भन्दै ‘हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कैले गर्ने’ भन्ने नाराका बोकेर आफूले खुला क्षेत्रीय प्रतिनिधिमा उम्मेदवारी दिने लामाले बताए । उनी इकाई सभापतिमा शेखर सुवेदी सहितको टिमलाई जिताउन लागेका छन् ।