आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ८ इकाई सभापतिका दावेदार लक्ष्मण चौंलागाईद्वारा क्रियाशिल भेला

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार २१:४९ मा प्रकाशित (२ साल अघि) २७८ पाठक संख्या

१ असोज, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिका दावेदार लक्ष्मण चौंलागाईले ओसिस पार्टी प्यालेसमा क्रियाशिल भेला गरेका छन् । उनले क्रियाशिल भेलामा आफूले इकाई सभापतिमा उम्मेदवारी दिने भएकोले सहयोग गर्न आग्रह गरेका छन् ।

सभापतिका अन्य दावेदार सहित स्थानीय नेता, कार्यकर्ता तथा गोनपा ८ का क्रियाशिलहरुको उल्लेख्य उपस्थिती रहेको भेलामा अग्रज, क्रियाशिल, शुभचिन्तक सबैलाई सहयोगका लागि आग्रह गर्दै उनले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन आफूले इकाई सभापतिमा उमेदवारी दिने बताए ।

उनले आफू सभापतिमा विजयी भए अग्रजलाई सम्मान र युवालाई अवसर दिएर तीनै तहका चुनावमा पार्टीलाई विजयी गराउने तयारीका साथ सबैको साथ सहयोग लिएर सबैसँग सहकार्य गरेर पार्टीको विधि पद्धती अनुसार अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।