आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

माधव नेपालले गरे एकीकृत समाजवादीको पार्टी कार्यालयको उद्‌घाटन,मासिक भाडा तीन लाख

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार ११:४४ मा प्रकाशित (२ साल अघि) १७० पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गरिएको छ ।

शुक्रबार बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष माधव कुमार नेपालले उद्‌घाटन गरेका हुन् ।

पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताएका छन् । नेपालले कुनै पद प्राप्तिका नयाँ पार्टी नबनाएको बताए । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई चुनावसम्मै लैजाने पनि बताए ।

पार्टी कार्यालय बनाइएको घर पाँच वर्षका लागि भाडामा लिइएको छ । भाडामा लिइएको घरको मासिक भाडा तीन लाख रुपैयाँ रहेको एकीकृत समाजवादीका नेता बेदुराम भुसालले जानकारी दिए ।

एमालेबाट विभाजित भएर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि एकीकृत समाजवादीले पार्टी कार्यालयका लागि घर खोजिरहेको थियो ।