आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज नेपाल र अमेरिका भिड्दै

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार १०:५२ मा प्रकाशित (२ साल अघि) १०४ पाठक संख्या

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ।
नेपालले आज अमेरिकासँग खेल्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे ओमानको अल अमिरत रंगशालामा हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म ओमान र अमेरिकासँग तीन तीन खेल खेलिसकेको छ। नेपाल ६ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

ओमान १२ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १४ खेलबाट १२ अंक छ।