आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेता-कार्यकर्तालाई ओलीले भने- अब पार्टीमा माधव नेपालको कुनै आवश्यकता छैन्,फर्कन आग्रह नगर्नुहोस्

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १७:५६ मा प्रकाशित (२ साल अघि) ८३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीमा माधव कुमार नेपालको कुनै आवश्यकता नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा माधव नेपाललाई फर्काउन आवश्यक नभएको बताएका हुन् ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई पार्टीमा फर्किन आग्रह गरेकी थिइन् । शाक्यले भनेकी थिइन्, ‘तपाईं हाम्रो नेता हो । तपाईंको पार्टीमा आवश्यकता छ, एक पटक समीक्षा गरेर फर्किनुस् ।’

शाक्यको आग्रहप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘केही साथीहरू अहिले पनि माधव कमरेड आउनुस्, तपाईंको आवश्यकता छ भन्नुहुन्छ । के फेरि पार्टी फुटाउन उहाँको आवश्यकता छ ? के आवश्यकता छ माधव नेपालको म बुझ्दिनँ ।’

अध्यक्ष ओलीले पार्टीमा रहँदा माधव नेपालले गुटबन्दीमात्रै गरेको आरोप लगाए । ‘उहाँले पार्टीमा हुँदा गुटबन्दी मात्रै गर्नुभयो । साढे तीन वर्ष पार्टी सरकारमा हुँदा उहाँले कहिल्यै सरकारका पक्षमा बोल्नु भएन । सधैँ रोष्ट्रममा उभिएर गीत गाउँदै डुंगा डुब्न लाग्यो, लौन कोही बचाइदेऊ भन्नुभयो,’ उनले भने ।