आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज थप १५११ जनामा कोरोना संक्रमण,११ जनाको मृत्यु

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १७:४५ मा प्रकाशित (२ साल अघि) ८८ पाठक संख्या

काठमाण्डौ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ६८९ जना निको भएका छन् ।