आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कागेश्वरी मनोहरा-४ को कांग्रेस इकाई सभापतिमा कान्छु भण्डारीको दाबी

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १४:१३ मा प्रकाशित (२ साल अघि) ४६३ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि काठमाडौं क्षेत्र नं २ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ को इकाई सभापति पदका लागि कान्छु भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन । स्थानीय तह सबल नहुँदा त्यसको प्रभाव सबै तर्फ पर्ने भएकाले आफु इकाई नेतृत्व लिन तयार भएर उम्मेदवारी घोषणा गरेको बताए । स्थानीय तहमा नेपाली काँग्रेसले युवाहरुको प्रतिनिधित्व गर्न पनि नसकेको अग्रजहरुलाई पनि सम्मान दिन तयार नदेखिएका कारण यसको स्थायी समाधानको प्रयास गर्ने स्पष्ट खाका सहित काँग्रेसको सबलिकरणका लागि उम्मेदवारी रहेको भण्डारीले बताएका छन ।

सत्तापक्षमा हुँदा कार्यक्रतालाई नचिन्ने प्रतिपक्षमा हुँदा जनता सम्म पुग्न नसक्ने काँग्रेस आजको आवश्यक्क्ता नभएको भन्दै नेता भण्डारीले सत्ता होस वा प्रतिपक्ष जनताको मन जित्न सक्नेले मात्रै मत पाउने भन्दै आफु काँग्रेसको विचारधारको माध्यमबाट जनताको पक्षमा कर्म गर्ने प्रतिवद्दता जनाए ।

स्थानिय स्तरमा हुने बिकासलाई दिर्घकालिन र सर्वोपरी हितका लागि बनाउन स्थानिय स्तरमा बसोबास गर्ने बिषय बिज्ञको सल्लाह सुझाव लिने, उनिहरु संग अन्तर्क्रिया गर्ने परिपाटीको बिकास गर्ने योजना समेत रहेको बताउने भण्डारीले स्थानीय चुनाबमा युवाहरुको भूमिका महत्वपूर्ण भएकोले चुनाबी परिणाम पार्टीको पक्षमा पार्न सफल भएको बताउदै नेपाली कांग्रेसमा आवद्द युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफुले इकाई सभापति मा दाबि रहेको बताएका छन् ।

उनलाई समर्थन गर्दै वडा अध्यक्ष एबम काठमाडौं क्षेत्र नं २ नेपाली कांग्रेसका पुर्व क्षेत्रीय उप सभापति समेत रहेका भाइकाजी अधिकारी कान्छु भण्डारीको टिममा क्षेत्रीय प्रतिनिधिको उम्मेदवार रहेका छन् । त्यसैगरि अमला थापा, अनिता अधिकारी मोक्ता अधिकारी , महिला संघ क्षेत्रीय प्रदेश नगर सभापतिको समर्थन साथै टिमको क्षेत्रीय प्रतिनिधि उम्मेदवार रहेका छन । त्यसैगरि सन्तोष पौडेल , प्रेम दर्शन नेपाली कागेश्वरी मनोहरा नगरपालिका नेपाली कांग्रेसका कोषाध्यक्ष र दलित संघ जिल्ला काठमाडौंका नेता मनिस सिंखडा काठमाडौं क्षेत्र नं २ का युवा नेता तथा नेबिसंघ केन्द्रिय नेता , गजेन्द्र पुडासैनी, युवा नेता तरुण दल, प्रोफेसर डा. राजेश पण्डित र प्रोफेसर डा. प्रयाग कुइकेल, राम भडेल स्थानीय समाज सेवी, मनोज सुवेदी र वडा न ४ नगर सदस्य प्रदिप सिंखडा प्राध्यापक अस्मित कुइकेल लगायतको समर्थन रहेको जानकारी गराइएको छ ।