आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पे खेल्दा पनि पीएसजी बराबरीमा रोकियो

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार १०:४५ मा प्रकाशित (२ साल अघि) ९३ पाठक संख्या

काठमाडौं । लिओनल मेस्सी, नेयमार र किलिएन एमबाप्पे सँगै एकै पटक खेल्दा पनि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खेल जित्न सकेन ।

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा पीएसजीले बेल्जियन क्लब ब्रुगसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराले गोल गर्दे पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा हान्स भानाकेनले ब्रुगका लागि बराबरी गोल फर्काए ।त्यसपछि थप गोल हुन सकेन र पीएसजीले बराबरीमै चित्त बुझायो ।

पहिलो पटक सँगै मैदान उत्रेका मेस्सी, नेयमार र एमबाप्पेले ५१ मिनेटम सँगै मैदानमा बिताएका थिए । मेस्सी र नेयमारले पूरा समय खेले पनि एमबाप्पेले ५१औं मिनेटमा मैदान छाडेका थिए ।