आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

तारकेश्वरमा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ०९:४७ मा प्रकाशित (२ साल अघि) १८३ पाठक संख्या

काठमाडौं । तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ।

गएराति तारकेश्वर नगरपालिका ७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल दुर्घटना हूँदा सोही ठाउँका ३० वर्षीय सुरेश लामाको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइक बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी तारकेश्वर ८ गैरीगाउँ निवासी हुन्।

दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।