आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

राष्ट्रपति भण्डारीलाई भेट्न ओली राति ८ बजे शीतलनिवासमा,झन्डै २ घण्टा छलफल

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ०९:१५ मा प्रकाशित (२ साल अघि) १०० पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार राति भेटवार्ता भएको छ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ।

दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ।