आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

हामी घाइते भएका छौ,आन्दोलनका हिसाबले अप्ठेरोमा छौं : घनश्याम भुसाल

गोकर्णेश्वर खबर३० भाद्र २०७८, बुधबार १७:१६ मा प्रकाशित (२ साल अघि) १८५ पाठक संख्या

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताएका छन् । पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उनको भनाइ छ ।

रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’

२०७४ सालको चुनावमा पार्टीको वर्चस्व फेरि फर्काउने उनले दाबी गरे । चुनावमा जसरी पनि जित हासिल गर्ने उद्देश्य राख्ने परिपाटी मुख्य समस्या रहेको भन्दै भुसालले यही कारण दलाल पूँजीवाद हाबी हुँदै गएको टिप्पणी गरे । उनले पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो रहेको बताए ।

पार्टी विभाजनका विषयमा समीक्षा हुनुपर्ने भुसालले बताए ।