आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कोरोना अपडेट : आज थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

गोकर्णेश्वर खबर३० भाद्र २०७८, बुधबार १६:५९ मा प्रकाशित (२ साल अघि) १७६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।

जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।