आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

पाकिस्तानमा चट्याङ लागेर १४ जनाको मृत्यु

गोकर्णेश्वर खबर२८ भाद्र २०७८, सोमबार ०९:०१ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् ।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो । प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ ।’

यो भन्दा पहिले सोही क्षेत्रमा परेको मुसलधारे मनसुनी वषरका कारण ठाउँठाउँमा पहिरो जाँदा धेरै क्षति पुगेको थियो ।

सन् २०१९ को नोभेम्बरमा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो ।