आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाले नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने

गोकर्णेश्वर खबर२८ भाद्र २०७८, सोमबार ०८:२४ मा प्रकाशित (२ साल अघि) २४० पाठक संख्या

भदौ २८, काठमाडौं  । गोकर्णेश्वर नगरपालिकाले नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने भएको छ । नगरपालिकाले सुचना सार्वजनिक गर्दै असोज २, ९, १६ र २३ गते नि:शुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने बताएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यकाको हस्ताक्षरमा जारी गरिएको सूचनामा गोकर्णेश्वर नगरपालिका र एसोसियसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपालको सहकार्यमा महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण शिविर संचालन हुन गइरहेको बताईएको छ ।

नि:शुल्क शिविर २ गते आम्दा नेपाल जोरपाटीमा, ९ गते बालुवा स्वास्थ्य चौकीमा, १६ गते नयाँपार्टी स्वास्थ्य चौकीमा, २३ गते सुन्दरीजल स्वास्थ्य चौकीमा हुनेछ । विहान ९ बजे देखि अपरान्ह १ बजेसम्म शिविर बस्ने सूचनामा जनाईएको छ । नगरपालिकाले बिरामीहरुले नि:शुल्क आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ लिन समेत अनुरोध गरेको छ ।