आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसक्यो,छिटो निकास दिनुपर्छ : उपाध्यक्ष सुमार

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १७:५२ मा प्रकाशित (२ साल अघि) १०८ पाठक संख्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् ।

उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् । उपाध्यक्ष सुमारले अब नेपालको संसदबाट एमसीसी सम्झौता पारित हुने आशा पनि ब्यक्त गरिन् ।

एमसीसी सम्झौता पारितका लागि पहल गर्न सुमार गत विहीबार काठमाडौं आएकी थिइन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मन्त्रीहरु जनार्दन शर्मा, पम्फा भुसाल लगायतसँग भेट गरेकी थिइन् ।

नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणसँग सम्बन्धित ५० मिलियन अमेरिकी डलर राशीको अनुदानका लागि अमेरिकासँग एमसीसी सम्झौता भएको थियो । तर उक्त सम्झौता संसदबाट पारित नहुँदा काम सुरु हुन सकेको छैन ।