आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १७:०९ मा प्रकाशित (२ साल अघि) १२० पाठक संख्या

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका हुन ।

सभामुख सापकोटाले सोमबार साढे २ बजेका लागि संसदको ल्होत्से हलमा बैठक आह्वान गरेका हुन ।

सभामुख सापकोटाले आइतबार एमालेसँग संवादको प्रयास गरेपनि एमालेले विरोधलाई निरन्तरता दिएपछि सहमति प्रयास सफल हुन सकेन ।

सहमतिमा ल्याउने आजको प्रयास असफल भएपछि सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन ।