आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १७:०१ मा प्रकाशित (२ साल अघि) १४४ पाठक संख्या

काठमाडौं । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १८७, ललितपुरमा ५६ र भक्तपुरमा ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १४२३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।