आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

ओलीले सुदूरपश्चिमको इन्जार्ज लेखराज भट्ट नै भएको बताएपछि भीम रावल जिल्ल!

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १५:५० मा प्रकाशित (२ साल अघि) १०४ पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएका छन् ।

आइतवार ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका हुन ।

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल, भट्टलाई जिम्मेवारी तोकिएको थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा कर्ण थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले बताएको एमाले स्रोतले बताएको छ ।

छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए। ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ भन्दै उनले भने ‘ममाथि अन्याय हुँदैछ । ’