आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

संसद खुलाउने वार्ता असफल भएपछि प्रतिनिधिसभाको बैठक भाद्र २९ गतेसम्मका लागि स्थगित

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १५:४३ मा प्रकाशित (२ साल अघि) १४६ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

सभामुखसहित सत्तापक्षले सदन खुलाउनका निम्ति प्रमुख प्रतिपक्षीसँग गरेको वार्ता असफल भएसँगै संसदको बैठक स्थगित भएको जनाइएको छ । आगामी २९ भदौसम्मका लागि बैठक स्थगित भएको हो ।

आइतबारको दोस्रो बैठकमा एमालेले नाराबाजी कायमै राख्यो । सभामुख सापकोटाले सदनलाई चलायमान बनाउनका लागि सहयोग गर्न एमाले सांसदलाई बारम्बार आग्रह गर्दा पनि अवरोध जारी नै रह्यो ।

एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद लगायतको नारा जारी राखेपछि सभामुख सापकोटाले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।