आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रतिनिधिसभाको आजको बैठक पनि एमाले सांसदले गरे अवरुद्ध

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार १४:४५ मा प्रकाशित (२ साल अघि) ९८ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् ।

करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।