आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गुजरातका मुख्यमन्त्री रुपानीले दिए राजीनामा

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १९:०९ मा प्रकाशित (२ साल अघि) १३४ पाठक संख्या

काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए ।

रुपनीले आफू अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।