आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

सभामुख सापकोटाको भूमिका पक्षपाति भयो : एमाले

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १४:५० मा प्रकाशित (२ साल अघि) १२८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिका पक्षपाति भएको बताएको छ । आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग एमाले सचिव योगेश भट्टराईले सभामुख सत्ता गठबन्धनको पक्षमा लागेको आरोप लगाएका हुन् ।

एमालेप्रति वैरभाव देखाएको भन्दै यसो नगर्न उनले सभामुखलाई आग्रहसमेत गरे । एमालेको अवरोधका बीच सभामुख अग्नि सापकोटाले सदनको कामकारबाही अघि बढाएका थिए ।

आफ्नो दल विभाजनमा सभामुखले सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।