FLASH NEWS
आज: ७ आश्विन २०७८, बिहीबार | Thu, 23, Sep, 2021 Gokarneshwor TV HD

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा आफन्तकै संलग्नता,तेजबहादुर कार्कीका भतिजा पक्राउ

गोकर्णेश्वर खबर२६ भाद्र २०७८, शनिबार १२:०१ मा प्रकाशित (१ हफ्ता अघि) २२ पाठक संख्या

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवारको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेको खुलेको हो । लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ ।

उनको घर तेजबहादु कार्कीको घर नजिकै रहेको छ ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाएको प्रहरी स्रोतले जानकारी दियो ।

उनलाई आइतबार पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

२१ भदौमा तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, दीपक कार्की र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

घटनामा तेजबहादुरका ९० वर्षीय बुवा बौद्धमान कार्की भने बाचेका थिए ।

घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धन ब्युरो (सीआईबी) संघीय प्रहरी कार्यालय धरान, तथा जिल्ला प्रहरी कार्यालय संखुवासभाले सामूहिक रूपमा गरेको थियो । अभियुक्त पक्राउ परेपछि सीआईबीको टोली शनिबार नै फर्किने भएको छ ।