आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमाले सांसदले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार १३:४३ मा प्रकाशित (२ साल अघि) ४५७ पाठक संख्या

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।

उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

२३ भदौमा शुरु भएको अधिवेशनमा एमालेले सभामुखमाथि नै प्रश्न उठाएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।

पहिलो दिन बसेको तीनवटै बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । तेस्रो बैठकमा नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको थियो ।

आजको बैठकमा पनि बजेटसम्बन्धी अध्यादेश टेबल गर्ने कार्यसूची छ ।