आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एमसीसी उपाध्यक्ष फातिमाको पहिलो भेट ओलीसँग,सत्तारुढ दलहरुले पोजिसन क्लियर गरेपछि एमालेले निर्णय गर्ने जवाफ

गोकर्णेश्वर खबर२४ भाद्र २०७८, बिहीबार २२:०६ मा प्रकाशित (२ साल अघि) १५८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी परियोजना एमसीसीबारे पहिले सत्तारुढ दलहरु प्रष्ट हुनुपर्ने बताएका छन्।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग बालकोटमा भएको भेटका क्रममा आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तारुढ दलहरुले धारणा प्रष्ट पार्नु पर्ने बताएका हुन्।

एमसीसीबारे हामीले हतारिएर पोजिसन बनाउँदैनौँ। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ, भेटका क्रममा ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने, हिजो हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।

ओलीले एमसीसी सत्तारुढ दलहरुकै कारण रोकिएको पनि बताएका छन्। जस जसका कारण एमसीसी रोकिएको हो। उनीहरु नै अहिले अलमलमा छन्। उनीहरुले अझैसम्म एमसीसी के गर्ने भन्ने बोलेका छैनन् ओलीले बैठकमा भने, सरकार र त्यसमा संलग्न दलहरुले के गर्ने भन्ने पोजिसन बनाएकै छैनन्। उनीहरु पहिले यसबारे निर्णयमा नपुगी हामी प्रतिपक्षले हतार गर्ने अवस्थामा छैनौँ।

ओलीले एमसीसीबारेमा सत्तारुढ दलहरुले आफूहरुसँग कुनै छलफल र समन्वय पनि नगरेको बताए। ुएमसीसीबारे सरकारले हामीलाई सोधेको पनि छैन। छलफल पनि नगरेको अवस्था छ, ओलीले अगाडि भने, यसबारेमा सरकारमा बहुमत भएका दलहरुले क्लियर हुनुपर्यो। उनीहरुसँग बहुमत छ, हामी नहुँदा पनि पास गर्न सक्छन्। त्यसैले यसबारे हामी हतारमा कुनै निर्णय गर्दैनौँ।