आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

एमसीसीकी उपाध्यक्ष फतिमा नेपाल आउँनै लाग्दा यूवाहरुले गरे एयरपोर्ट अगाडि प्रदर्शन

गोकर्णेश्वर खबर२२ भाद्र २०७८, मंगलवार १३:११ मा प्रकाशित (२ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।