आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गायक तथा संगीतकार उर्गेन दोङको ‘किन हेर्यौ फर्केर’ सार्वजनिक(भिडियो हेर्नुहोस्)

गोकर्णेश्वर खबर२० भाद्र २०७८, आईतवार २२:२१ मा प्रकाशित (२ साल अघि) २८२ पाठक संख्या

काठमाडौं । पछिल्लो समय चर्चा कमाउन सफल गायक एंव संगीतकार उर्गेन दोङको किन हेर्यौ फर्केर गीत सार्वजनिक भएको छ ।

शुक्रबार बिरुन स्टुडियो नेपालको अफिसियल यूट्युव च्यानलबाट सार्वजिक भएको किन हेर्यौ फर्केरमा गायक उर्गेन दोङ विरेन्द्र दोङ र भ्वाइस अफ नेपालमा नकआटरसम्म पुग्न सफल सुमधुर स्वरकी ध्वनी गायिका सुजिता योन्जनले स्वर दिएका छन् ।

गायक दोङकै शब्द रचना तथा संगितमा रहेको गीतको म्यूजिक भिडियोमा स्वयम गायक उर्गेन दोङ,विरेन्द्र दोङ,सुजिता योन्जन र सम्झना जिम्बाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोको निर्देशन भने विकास प्रसाईले गरेका हुन । गीतमा युवा यूवतीको प्रेम भावलाई झल्काएको छ ।

टाढा भएपनि लगायतका चर्चीत गीत निमार्ण गरेका गायक तथा संगितकार दोङका दर्जनौं गीत बजारमा आइसकेका छन् ।