आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

फुटबल हेर्न एमाले अध्यक्ष ओली दशरथ रंगशालामा

गोकर्णेश्वर खबर२० भाद्र २०७८, आईतवार १९:०० मा प्रकाशित (३ साल अघि) २१० पाठक संख्या

काठमाडौं । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण फुटबल खेल हेर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली गृहमन्त्री बालकृष्ण खाँणसँगै रंगशाला पुगेका हुन्।

उनीहरुलाई राखेप सदस्य सचिव रमेश सिलवालले स्वागत गरे। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार अपरान्ह भइरहेको छ।

पहिलो हाफमा नेपालले राम्रा मुभ बनाए पनि गोल गर्न सकेको छैन। यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।