आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं वडा नं. ६ बौद्ध इकाई सभापतिमा दिवाकर पुडासैनीको दावी

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार २१:३९ मा प्रकाशित (२ साल अघि) ९१६ पाठक संख्या

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ६ नं. बौद्ध इकाई सभापतिमा दिवाकर पुडासैनीले उम्मेदवारी दिने भएका छन् । आज गोकर्णेश्वर खबरसँग कुराकानी गर्दै पुडासैनीले इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

इकाई कोषाध्यक्ष समेत रहेका पुडासैनीले नेतृत्व क्षमता र इकाईमा कोषाध्यक्षको रुपमा गरेको कार्य अनुभवका आधारमा आफूले इकाई सभापतिमा उम्मेदवारी दिने बताएका छन् । उनले नेपाली कांग्रेसका क्रियाशिल, स्थानीय नेता कार्यकर्ता, अग्रजसँग भेटघाट, छलफल गरी सभापतिमा दावि गरेको बताउँदै सबैले सहयोग गर्ने सकारात्मक प्रतिबद्धता जनाएका बताए ।

पार्टी संगठनलाई एकताबद्ध बनाएर पार्टीको निर्देशन, नीति, पद्धती अनुसार चलाउने, तीनै तहको चुनावमा पार्टीलाई जिताउने, सबैसँग छलफल, सहकार्य गरी, अग्रजलाई सम्मान दिएर पार्टीलाई चलायमान गराउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागी आफू अनुभवि र योग्य भएको बताए । उनले सबैको साथ र सहयोग लिएर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावि गर्दै सबैको सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

उनले पार्टीले आयोजना गरेको सबै कार्यक्रममा सक्रियताका साथ सहभागि भई, पार्टीले दिएको सबै जिम्बेवारी पुरा गरेको बताए । पार्टीलाई आवश्यकता अनुसार सहयोग गर्दै स्थानीय, प्रदेश तथा संघीय चुनावमा पार्टीलाई जिताउन अहोरात्र खटिएर काम गरेको स्मरण गर्दै पुडासैनीले नेपाली कांग्रेसको विचार, नीति, सिद्धान्तको छहारीमा सबैलाई एकताबद्ध बनाएर सबैसँग सहकार्य गरी पार्टीलाई जनस्तरमा बलियो बनाउन काम गर्ने बताए ।

बि.पि.को विचारबाट प्रभावित भएर २०५२ सालबाट शंकरदेव क्याम्पसबाट राजनीतिक यात्रा अगाडी बढाएका पुडासैनी १२ औं महाअधिवेशनबाट बुथ सभापति भएका थिए भनें १३ औं महाधिवेशनबाट इकाई कोषाध्यक्षको जिम्बेवारी निर्वाह गर्दै आएका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।