आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

दार्चुला घटनाको विरोधमा अनेरास्ववियूले जलायो मोदीको पुत्ला

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार १६:०४ मा प्रकाशित (२ साल अघि) १०३ पाठक संख्या

काठमाडौं । दार्चुला घटनाको विरोधमा माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते ५ सदस्यीय समिति गठन गरेको थियो ।