आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

मनकामना केबलकार भदौ २० देखि सञ्चालनमा आउने

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार १४:४४ मा प्रकाशित (२ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं – कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ ।

कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।

मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।

यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार हुने पनि जानकारी गराएको छ ।