आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

पाँचकिलोमा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार १०:२२ मा प्रकाशित (२ साल अघि) १८७ पाठक संख्या

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बिहान करिब ७ः५० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । पहिराले सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।