आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

युवा समाजसेवी गोकुल रोक्काद्वारा बालसुधारलाई स्वास्थ्य सामग्री वितरण

गोकर्णेश्वर खबर१७ भाद्र २०७८, बिहीबार ०७:४६ मा प्रकाशित (२ साल अघि) १३४ पाठक संख्या

१७ भदौ, काठमाडौं । युवा समाजसेवी तथा नेपाल तरुण दल काठमाडौं संगठन विभागका सदस्य गोकुल रोक्काले गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा रहेको बालसुधार माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

कोरोनाको जोखिमका बीच विद्यालय खुल्ने भएपछि विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट बचाउन सेनिटाईजर, हर्पिक, फिनेल, माक्स र स्प्रे पम्प वितरण गरेका हुन् ।

सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिई सरकारी विद्यालयमा पनि सुरक्षाको मापदण्ड सहित उचित पठन पाठनको व्यवस्था होस् भन्ने सदिच्छा राखेर सहयोग गरेको रोक्काले बताए ।

उनले सरकारी विद्यालयमा शैक्षिक स्तर अभिवृद्धिका लागि समेत निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।