आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नेपाली कांग्रेस गोकर्णेश्वर ५ को इकाई सभापतिमा माधव लामिछानेको दावी

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार २१:१० मा प्रकाशित (२ साल अघि) ३३३ पाठक संख्या

१६ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को नेपाली कांग्रेसको इकाई सभापतिमा माधव लामिछानेले उम्मेदवारी दिने घोषणा गरेका छन् । इकाई कोषाध्यक्ष समेत रहेका लामिछानेले इकाईमा गरेको मिहिनेत र पार्टीलाई चाहिएका बेलामा अगाडी सरेर सहयोग गर्दै आएकोले पनि अग्रज र पार्टीका साथीभाईसँग सल्लाह गरेर आफू अगाडी बढेको बताए ।

२०५५ साल देखि विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका लामिछानेले नेपाली कांग्रेसले घोषणा गरेको कार्यक्रमहरुमा आफू अग्रभागमा रहँदै सक्रिय भएको, तीनै तहका चुनावमा पार्टीलाई बलियो बनाउन अहोरात्र खटिएकोले आफ्नो योगदानको मूल्याङ्कन गर्दै इकाई सभापतिमा सबैबाट सहयोग पाउने विश्वास व्यक्त गरे ।

उनले २०६४ सालमा क्षेत्रकै आदरणीय नेता चक्र बहादुर ठकुरीलाई चुनाव जिताउन धेरै मिहिनेत गरेको स्मरण गर्दै संघीय, प्रदेश र स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई जिताउन आफू सँधैं सक्रियताका साथ लागेको देखेर सार्थीभाई, क्रियाशिल, अग्रजहरुले ईकाई सभापतिमा अगाडी बढ्न हौसला दिएको बताए ।

लामिछानेले भने– ‘उहाँहरुले इकाईमा मेरो आवश्यकता महशुष गर्नु भएको छ, मैले विगतमा पार्टीलाई गरेको सक्रियताको आधारमा पार्टीलाई नेतृत्व दिन सक्ने योग्य व्यक्तिको रुपमा स्विकार्नु भएको छ । त्यसैले इकाई सभापतिमा मलाई सबैले सहयोग गर्नु हुनेछ । मैले वडा नं. ५ लाई कांग्रेसमय बनाउने छु । कांग्रेसको विचार युवापुस्तालाई बुझाएर, सबै पक्षलाई समेटेर, असन्तुष्ट कोही हुनुहुन्छ भनें सम्मान दिएर सबैलाई एकताबद्ध गरेर अगाडी बढ्नेछु । काठमाडौं ३ नम्बर क्षेत्रमै कांग्रेस बलियो भएको एक नम्बरको ईकाइ बनाउनेछु ।’